एमाओवादी नेतृत्वमा संघीय गणतान्त्रिक मोर्चा गठन

381
  •  
  •  
  •  

काठमाडौं, २६ असार (ओएनएस) एमाओवादीसहित सात प्रतिपक्ष दलले संघीय गणतान्त्रिक मोर्चाको घोषणा गरेका छन् ।

पहिचानसहितको संविधान र संविधानसभाबाटै संविधान जारी गर्न दबाब दिने उद्देश्यले मोर्चा गठन भएको हो ।

एमाओवादी नेतृत्वमा गठन भएको मोर्चा सरकार निर्माणकोलागि नभइ जनतको पक्षमा संविधान निर्माण गर्नको लागि भएको नेताहरुले बताएका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मोर्चा विशुद्ध संविधान निर्माणकोलागि भएको बताएका छन् ।

उनले कांग्रेस–एमालेले बहुमतको आधारमा संविधान जारी गर्न खोजेको भन्दै दाहालले सबैको सहमतिमा संविधान जारी गर्न दबाब दिने उद्देश्यले मोर्चा घोषणा गरिएको बताए ।   ‘कांग्रेस–एमालेलाई आफ्नो बहुमत आएकाले त्यही आधारमा संविधान बनाउँछु भन्ने लागेको छ, दाहालले भने,‘त्यस्तो भयो भने देश ठुलो विद्रोहमा जान्छ ।’

विद्रोहको स्थितिलाई रोक्न मोर्चा गठन गरिएको दाहालले जिकिर गरे । उनले मोर्चामा परिवर्तनकारी अन्य दलहरु पनि सहभागी हुने दाबी गरे ।

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले मोर्चा गठन सरकार गठनकोलागि नभएको उल्लेख गर्दै जनताको पक्षमा संविधान बनाउन गठन गरिएको बताए । उनले आफूहरुलाई पेलेर गए ज्ञानेन्द्रको जस्तो हालत बनाइदिने चेतावनी दिए ।

मोर्चामा एमाओवादी, संघीय समाजवादी, सद्भावना पार्टी, मधेसी जनाधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिक, तमलोपा सहभागी छन् ।


  •  
  •  
  •