युनिसेफले ५ वर्षमा १५ अर्बकाे कार्यक्रम सञ्चालन गर्दै

550
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन (अाेएनएस) : नेपाल विकास उन्मुख देश भएकोले विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले देश विकासमा टेवा पुर्याउन उद्देश्यले सरकारले नभ्याएको क्षेत्रमा कार्यक्रम संचालन गरी देशलाई समृद्ध बनाउने काम गर्दै आएका छन्।

यस्तै नेपाली बालबालिका लागि संयुक्त राष्ट्र संघीय बालविकास कोष (युनिसेफ)ले १५ अर्बको विभिन्न कार्यक्रममा सञ्चालन गर्न लागेको छ ।

युनिसेफले नेपाली बालबालिकाहरूका लागि सन् २०१८ देखि २०२२ का बीचमा १५ अर्ब रूपैयाँ (१५ करोड अमेरिकी डलर) खर्च गर्ने भएको छ । नेपालका लागि राष्ट्रिय कार्यक्रम कार्ययोजना (कन्ट्री प्रोग्राम एक्सन प्लान) अनुसार नयाँ दिगो विकास लक्ष्य र नेपालको मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सघाउनका लागि युनिसेफले उक्त राशि लगानी गर्न लागेको हो ।

नेपाल सरकारसँग यससम्बन्धी सम्झौतापत्रमा हालै हस्ताक्षरसमेत भइसकेको युनिसेफ नेपाल टिमले जानकारी दिएको छ । युनिेसेफले आफ्नो परम्परागत लगानी ढाँचामा केही सुधार गरी केन्द्रीय सरकारकाे साथै स्थानीय सरकार मार्फत पनि बालबालिका तथा महिला विकासका क्षेत्रमा लगानी गरिने सम्झौतापत्रमा उल्लेख गरेको छ ।

बालविकास सूचीमा सबैभन्दा कमजोर अवस्थामा रहेका नगरपालिका तथा गाउँपालिकाहरूमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गरिने युनिसेफले जनाएको छ।

युनिसेफकाे सहयोग शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ , स्वास्थ्य, पोषण, सामाजिक नीतिजस्ता क्षेत्रमा विस्तारित हुने नेपालका लागि राष्ट्रिय कार्यक्रम कार्ययोजनामा उल्लेख छ ।

प्रस्तावित कार्यक्रमगत बजेट


  •  
  •  
  •