काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपाल पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएको छ। न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा मंगलबार भएको निर्वाचनमा नेपाल दोस्रो कार्यकालका लागि निर्वाचित भएको हो।
नेपाल १ सय ५० मतका साथ २०२१–२०२३ का लागि निर्वाचित भएको हो। एशिया प्रशान्त क्षेत्रबाट नेपालसहित चीन, पाकिस्तान र उज्वेकिस्तान पनि परिषदमा निर्वाचित भएका छन्। यसबाहेक परिषदमा कोटे डि आइभोरी, ग्याबोन, मलावी, सेनेगल, रुस, युक्रेन, बेलायत, बोलिभिया, क्युबा, मेक्सिको र फ्रान्स पनि निर्वाचित भएका छन्।
गोप्य रुपमा भएको मतदानमा नेपालले उक्त मत पाएको हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै नेपालीलाई १ सय ५० मतका साथ विजयी गराउने सबै देशलाई धन्यवाद दिएका छन्।
Nepal is re-elected in UN Human Right Council for second term with 150 votes. We are grateful to the friendly nations for their support. Thanks to the Nepali Missions in New York and Geneva for hard work.
— Pradeep Gyawali (@PradeepgyawaliK) October 13, 2020