पेशावर आक्रमणका मुख्य योजनाकार फजलुल्लाह मारिए !

340
  •  
  •  
  •  

maulana-fazlullahकाठमाडौ, ५ पुस(एजेन्सी) : पाकिस्तानको पेशावरको एक सैनिक विद्यालयमा भएको आक्रमणको मुख्य योजनाकार मानिएका तहरिक-ए-तालिवानका नेता मौलाना फजलुल्लाह हवाई हमलामा मारिएका छन् ।

पाकिस्तानका सञ्चारमाध्मयमा आएका समाचरहरुका अनुसार फजलुल्लाह पाकिस्तानले गरेको हवाई आक्रमणमा मारिएको बताइएको छ तर यसको पुष्टी भने भएको छैन् । पाकिस्तानको पत्रिका ‘दी नेशन’को रिपोर्ट अनुसार फजलुल्लाह मारिएको समाचार पाकिस्तानको रक्षा मन्त्रालयको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।

‘दि नेशन’का अनुसार तालिवान कमाण्डर फजलुल्लाह अफगानिस्तानमा पाकिस्तानी हवाई हमलामा मारिएका हुन् । उक्त हमलामा अफगानिस्तानी सेनाको समेत मद्धत लिएको बताइएको छ ।

समाचारहरूमा बताइए अनुसार मौलान फजलुल्लाहले पेशावरको सैनिक विद्यालय आक्रमणको योजना बनाएका थिए । उक्त आक्रमणमा १ सय ३२ बच्चाहरूसहित १ सय ४५ मानिसको ज्यान गएको थियो । यसै घटनापछि पाकिस्तानी सरकारले तालिवानविरूद्धको अपरेशन कडा बनाएको छ । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले पनि तालिवानविरूद्ध शख्त कारबाही गर्ने जनाएका थिए ।

शरिफसहित अन्य नेतालाई मार्ने धम्की

यसैबीच तालिवानले पाकिस्तानका नेताहरू र उनीहरुको बच्चाहरू मार्ने धम्की दिएको छ । तालिवानले पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई यदी सरिफले जेलमा रहेका आतंककारीहरुलाई फाँसी दिने निर्णय परिवर्तन नगरे नवाज शरिफको परिवारसहित अन्य नेताहरूको परिवार र सेनाका अधिकारीहरूमाथी पनि हमला गर्ने धम्की दिएका छन् ।

पाकिस्तानी अधिकारीका अनुसार उक्त धम्की शुक्रबार एक पत्रमार्फत पठाइएको थियो । उक्त पत्रलाई मुल्ला फजलुल्लाहको मुख्य कमाण्डर मानिने मोहम्मद खरासानीबाट लिइएको बताइएको छ । उक्त पत्रमा पेशावर विद्यालयमा मारिएका बच्चाहरूको हत्यालाई सही भएको बताइएको छ । उक्त पत्रको सच्चाईबारे जाँच भने जारी रहेको बताइएको छ ।


  •  
  •  
  •