पारवहन सेवा कुण्ठित नगर्न राष्ट्रसंघको आग्रह

196
  •  
  •  
  •  

Ban-Ki-Moonकाठमाडौँ, ५ मंसिर(ओएनएस) : संयुक्त राष्ट्र संघले नेपाल भारतमा सीमा गरिएको नाकाबन्दी तत्काल हटाउन आग्रह गरिएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले एक विज्ञप्ति जारी गर्दै नेपाल भारत सीमानाकामा गरिएको अवरोध तत्काल हटाउन सम्बद्ध सबैलाई आग्रह गरेका छन् । नेपालको स्वतन्त्र पारबहन सेवालाई तत्काल सुचारू गर्न समेत महासचिव मुनले आग्रह गरेका छन् । महासचिव वानले आफूले औषधी जस्तो अत्यावश्यक सामग्रीको ढुवानीमा अवरोध गरिएको र औषधी समेत नष्ट गरिएको जानकारी आफूले पाएको बताउँदै नेपालमा मानवीय संकट बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरेका छन् ।

उनले वार्ता र अहिंसात्मक आन्दोलन गर्नुपर्ने जोड दिँदै शान्तिपूर्ण आन्दोलन गर्न पाउनुपर्ने जनताको अधिकारलाई कुण्ठित गरिन नहुने समेत बताएका छन् । उनले सबे सम्बद्ध पक्षले शान्तिपूर्ण र लचकताका साथ प्रस्तुत भएर समास्या समाधान गर्न आग्रह गरेका छन् । उनले भविष्यमा संयुक्त राष्ट्र संघबाट हुने सहयोगका लागि सदैव तयार रहेको समेत जनाएका छन् ।


  •  
  •  
  •