विश्व भयावह भोकमरीतर्फ ढकेलिँदैछः राष्ट्रसंघ

40
  •  
  •  
  •  

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेट्सले युक्रेन युद्धका कारण विश्व समुदाय भोकमरीमा फस्दै गएको बताएका छन् ।

अमेरिकाको न्युयोर्कमा सुरु राष्ट्रसंघको ७७ औँ महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तन, भोकमरी र महँगीले विश्वको अवस्था खतरा उन्मुख रहेको बताए । साथै बढ्दै गएको अमानवीयतालाई रोक्न विश्व समुदाय तयार नभएको महासचिव गुट्रेट्सले गुनासो गरे ।

युक्रेन युद्धपछि उदायको शितयुद्धका कारण विश्वमा खाद्य संकट चुलिँदै गएको र सो समस्याको समाधानमा कुनै पहल नभएको उनको भनाई छ ।

युक्रेनबाट जहाज चार्टड गरि अफ्रिकामा खाद्यन्न पुर्‍याएको तस्वीर देखाउंदै महासचिव गुट्रेट्सले लाखौं जनसंख्याले खाद्य संकट भोग्नु परेको बताए ।

हालको समस्या समाधानका लागी संयुक्त पहल आवश्यक रहेको समेत उनको भनाई छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here