क्रिकेट मैदानमा अर्को दुर्घटना, बलले लागेर अम्पायरको मृत्यु

197
  •  
  •  
  •  

hillel oscarकाठमाडौ, १४ मंसिर(एजेन्सी) : क्रिकेट मैदानमा अष्ट्रेलियाली ब्याटस्म्यान फिलिप हग्सको बाउन्सर लागेको मृत्यु भएको घटना सेलाउन नपाउँदै अर्को घटना दोहोरिएको छ । यसै घटनाजस्तै प्रकृतिको अर्को एक घटनामा इजरायलको ऐशडोड शहरमा एक खेलका क्रममा अम्पायरिङ्ग गरिरहेका ५५ वर्षीय अस्कर हिलेलको बलले लाग्दा मृत्यु भएको छ ।

केही रिपोर्टहरूमा ब्याटस्म्यानले जब बल प्रहार गरेका थिए, तब उक्त बल हिलेललाई लागेको बताइएको छ । बलले लागेपछि ढलेका उनलाई अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको थियो ।

फिलिप हग्सको मृत्युपछि क्रिकेटको मैदानमा खेलाडीको सुरक्षालाई लिएर बहस सुरू भएको छ । यस्तोमा भएको अर्को यस्तै प्रकृतिको घटनाले खेलसँग जोडिएका मानिसहरू चिन्तामा परेका छन् । अस्कर हिलेल एजरायली क्रिकेट टोलीका पूर्व कप्तान पनि हुन् ।


  •  
  •  
  •