एमाओवादी केन्द्रीय समिति बस्दै

474
  •  
  •  
  •  

काठमाडौं १५ माघ (ओएनएस) : पार्टीको रणनीति तय गर्न एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक बस्दैछ । संसद र त्यसका समिति समेत बहिष्कार गरेर जिल्ला जाने निस्कर्षमा पुगेको एमाओवादी आन्दोलन र वार्ताका विषयमा आज छलफल गर्न लागेको हो ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण, आफू नेतृत्वको मोर्चाको आन्दोलन, संविधान निर्माणमा पार्टीको भूमिकालगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

नेता अग्निप्रसाद सापकोटाले समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल हुने बताए ।  बैठक दिउँसो १ बजे पार्टी कार्यालय कोटेश्वरमा बोलाइएको छ ।


  •  
  •  
  •