आन्दोलन फिर्ता नलिए संयन्त्रमा नबस्ने चेतावनी

62
  •  
  •  
  •  

काठमाडौ, २७ असोज (ओएनएस) : नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक भएर सडक आन्दोलन गर्ने प्रचण्डले आन्दोलन तत्काल फिर्ता नलिए एमाले समितिमा नबस्ने चेतावनी दिएका छन । उनले राजनीतिकब संयन्त्रको संयोज बनेर आन्दोलन गर्नु नैतिकता विपरित काम हुने भन्दै तत्काल आन्दोदन फिर्ता लिन चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा ज्ञवालीले भने, ‘प्रचण्ड आफैं राजनीतिक संयन्त्रको संयोजक हुने हुने अनि आन्दोलन पनि गर्ने यो नैतिकता विपरित काम हो । आन्दोलन तत्काल फिर्ता लिएर सहमतिको प्रक्रियामा नआए हामी संयन्त्रमा बस्दैनौ । आन्दोलन गरिरहने हो भने संयन्त्रको औचित्य सकिन्छ ।’

ज्ञावलीले पहिलो संविधानसभामा पनि प्रचण्डले दोहोरो भूमिका खेलेर संविधान आउन नदिएको र अहिले पनि त्यस्तै भूमिकामा प्रस्तुत भएको आरोप लगाउँदै अहिलेको पहिचान पक्षधरहरुको आन्दोलनको घोषणा पनि संविधान भाँड्ने षडयन्त्र भएको दावी गरे ।

  उनले शासकीय स्वरुपमा तीन वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने गरी काँग्रेसको प्रस्तावमा सहमति नजिक रहेको स्पष्ट पार्दै सात वटा प्रदेश भने एमालेको बटमलाइन भएको स्पष्ट पारे ।   कुनै पनि हालतमा एकल जातीय पहिचान आफूहरुलाई स्विकार्य नहुने स्पष्ट पार्दै राजधानी, पूर्व र पश्चिम प्रदेश उत्तर दक्षिण जोडिने गरि निर्माण हुनुपर्ने बताए । उनले कुनै पनि हालतमा माघ ८ गते भित्र संविधान जारी गर्ने दाबी गरे ।


  •  
  •  
  •