सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्न कसैले रोक्न सक्दैनः बडु

295
  •  
  •  
  •  

काठमाडौ, २३ मंसिर (ओएनएस) नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले संविधानका विवादित विषयमा राजनीतिक दलहरुवीच सहमति नभएको भन्दै माघ ८ गते संविधान जारी गर्नको विकल्प नभएको कारणले पनि प्रक्रियाबाट संविधान जारी गर्न कसैले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले दलहरुसँग अलिकति पनि राजनीतिक नैतिकता भए माघ ८ गतेभित्रै संविधान जारी गर्नु पर्ने भन्दै संबाद समितिको प्रतिवेदनको विषयमा भएको सहमतिले आपसी असमझदारी हटेकोले अबजनतासँग गरेको प्रतिबद्धता अनुसार नै दलहरु अघि बढ्नु पर्ने बताए ।

साक्षात्कारमा बडुले अब एक दुई दिनभित्रै राजनीतिक संबाद तथा सहमति समितिले प्रश्नावली बनाउने समेत स्पष्ट पारे । उनले भने–‘काँग्रेस सहमतिबाटै संविधान जारी गर्ने पक्षमा छ । अहिले दलहरु अन्तिम छलफलमा व्यस्त छन् । एक दुई दिनभित्र सहमति हुन्छ । ’

नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले अहिले प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको सरकार परिवर्तनको कुरा गर्नु उचित नहुने भन्दै माघ ८ गतेभित्रै संविधानजारी गर्ने सर्त माकोइराला नेतृत्वकै सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिन सकिने बताए ।

उनले भने–एमाले अध्यक्ष केपीओलीले आफ्नो नेतृत्वमा सरकार बनाउने भन्ने कुरा हाउगुजीमात्रै हो । अहिले कोइरालाको विकल्प छैन । उहाँकै नेतृत्वमा संविधान जारी हुन्छ ।

एकीकृत नेकपा माओवादीका नेता अग्नीप्रसाद सापकोटाले संविधानका विवादित विषयमा सकेसम्म सहमति गर्नुपर्ने भन्दै आफ्नो पार्टी अहिले पनि माघ ८ गते नै संविधान जारी गर्ने पक्षमा रहेको स्पष्ट पारेका छन् ।

सापकोटाले निर्वाचन प्रणाली, शासकीय स्वरुपमा मिश्रित, पहिचान सहितको संघीयता र संबैधानिक अदालत गठन गर्ने विषयमा सहमति भए आफूहरु तयार रहेको भन्दै बलमिचाई गरेर अघि बढे आफूहरु जनतामा जान तयार रहेको चेतावनी दिए ।


  •  
  •  
  •