भित्र सुनसान, बाहिरचर्काचर्की

301
  •  
  •  
  •  

काठमाडौं, २१ असार ( ओएनएस) । राजधानीमा जारी एमालेको महाधिवेशनको तेस्रो दिन भृकुटीमण्डपको हलमा बन्दसत्र चलिरहेको छ । बन्दसत्रको पहिलो दिन शुक्रबार प्रतिनिधिहरुले एकअर्का नेताविरुद्ध नारावाजी गरेपछि आचारसंहिता जारी गरिएपछि शनिबार प्रतनिधिहरु बन्दसत्रमा पेस गरिएको अध्यक्ष झलनाथ खनालको प्रतिवेदनमाथिमात्र धारणा राखिरेको स्रोतले बताएको छ ।

आचारसंहिताले होहल्ला र हुटिङ गर्न बन्देज लगाएपछि प्रतिनिधिहरु शान्त रहेर बसेको जनाइएको छ । बन्दसत्रमा होहल्ला गर्न नपाएपछि बाहिर भने चर्काचर्की भएको छ । बन्दसत्रको हल बाहिर जम्मा भएका कार्यकर्ताहरु एकअर्का नेताको पक्ष/विपक्षमा बहस गरिरहेका छन् । महाधिवेशनले पार्टीको कार्यनीति, काईदिशा र राणनीतिसमेत तयार गर्नुपर्ने भए पनि नेतृत्तव चयनको मुद्दाले प्राथामिकता पाएको छ । वरिष्ठ नेता माधव नेपाल र नेता केपी ओली समूह बनाएर चुनावमा जाने लगभग पक्का भए पनि अध्यक्षमण्डललले चुनावी कार्यक्रम भने सार्वजनिक गरेको छैन ।

पत्रकारलाई शौचालयमा जान रोक
यसैबीच महाधिवेशनको रिपोर्टिङ गर्न महाधिवेशनस्थलमा रहेका पत्रकारहरुलाई त्यहाँको शौचालय प्रयोग गर्न रोक लगाइएको छ । शुक्रबार बन्दसत्रभित्र भएका अमर्यादित गतिविधि पनि शनिबारका छापा माध्यममा आएपछि पत्रकारमाथिसमेत कडाइ गरिएको स्रोतले बतायो ।


  •  
  •  
  •