अस्थिरतातर्फ नधकेल्न एमालेको आग्रह

239
  •  
  •  
  •  

kp-oli pokharaकाठमाडौँ, २२ बैशाख(ओएनएस) : नेकपा एमालेले जटिल परिस्थितिमा मुलुकलाई अस्थिरतातर्फ नधकेल्न आग्रह गरेको छ । साथै, बैठकले राष्ट्रिय सहमतिको प्रयासलाई निरन्तर जारी राख्ने निर्णय गरेको छ । एमाओवादीले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णाय गरेपछि सरकारको नेतृत्व गरेको पार्टी एमालेको यस्तो धारणा आएको हो ।

आज बिहान बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकले कसैले पनि देशलाई अहित हुने काम नगर्न आग्रह गरेको हो । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समृद्धिलाई मुख्य विषय बनाएर अगाडि बढ्न सबै राजनीतिक दललाई आह्वान पनि गरेको छ ।

बैठकपछि पार्टी सचिव तथा प्रचार प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘मुलुकमा राजनीतिक अस्थिरतालाई बढावा दिने प्रयासलाई बृहत्तर राष्ट्रिय सहमतिका आधारमा निस्तेज पार्दै अगाडि बढ्न पार्टीले संविधान निर्माण पूर्वदेखि नै र विशेषगरी १६ बुँदे सहमतिदेखि निरन्तर राष्ट्रिय सहमतिको पक्षमा आफूलाई उभ्याउँदै अवस्थामा राष्ट्रिय सहमतिको प्रयासलाई निरन्तर जारी राख्ने र संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समृद्धिलाई मुख्य विषय बनाएर अगाडि बढ्न सबै राजनीतिक दललाई बैठकले आह्वान गरेको छ ।’’

एमालेको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो।

सम्बन्धित समाचार :

प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने एमाओवादी निर्णय


  •  
  •  
  •