एमालेले सिरहामा खाता खोल्यो

2954
  •  
  •  
  •  

Uml-surya
लहान५ असोज (ओएनएस): एमालेले सिरहाको नरहा गाउँपालिकामा जितेर सिरहामा बिजयको शुरुवात गरेको छ ।

विहीवार राति सम्पन्न मतगणनामा एमालेका रामशरण यादव १६५६ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि एमालेकै गुलावदेवी चौधरी १८५५ मत प्राप्त गरि बिजयी भएकी छन् ।

निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका रामसोगारथ यादवले १४७८ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष उम्मेदवार सन्जिलकुमारी यादवले १३३३ मत प्राप्त गरेकी छन् ।


  •  
  •  
  •