एमाले चियापान आज

70
  •  
  •  
  •  

काठमाडौं, १ कात्तिक (ओएनएस) :

नेकपा एमालेले आज चियापान कार्यक्रम राखेको छ । चियापान कार्यक्रममा सर्वसाधारण, कार्यकर्ता तथा विशिष्ट व्यक्तित्वलाई छुट्टाछुट्टै समयमा आमन्त्रण गरेको छ ।

मालेले पार्टी कार्यालयमै चियापान कार्यक्रम आयोजना गर्दै छ ।जसअनुसार अपराह्न १२ देखि २ बजेसम्म सर्वसाधारण नागरिक र पार्टी कार्यकता एवं समर्थक तथा २ देखि ४ बजेसम्म विशिष्ट व्यक्तित्व र विभिन्न राजनीतिक दलका प्रमुख नेतालाई आमन्त्रित गरिएको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

त्यस्तै, सोही समय दलका नेतास“गै संवैधानिक निकायका पदाधिकारी र सदस्य, कूटनीतिक नियोगका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षा अंगका जिम्मेवार व्यक्तित्व, कानुन व्यवसायी, पत्रकार, कलाकार, उद्यमी व्यवसायीलगायतलाई आमन्त्रित गरिएको जनाइएको छ ।

तयारी बैठकमा व्यवस्थापन समिति सचिव योगेश भट्टराईले तयारीका सन्दर्भमा लिखित योजना प्रस्तुत गरेका थिए । २०५१ सालदेखि तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीले दसैं, तिहार, नेपाल संवत्, छठलगायतका पर्वको सन्दर्भ पारी चियापान कार्यक्रम आयोजना गर्ने परम्परा थालनी गरेका थिए ।


  •  
  •  
  •