एमाले नेतृत्व र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

80
  •  
  •  
  •  

काठमाडौं, ११ साउन (ओएनएस) : नेपालको तीन दिने भ्रमण सकेर फर्कनुअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आइतबार एमाले शीर्ष नेताहरूसँग भेट गरेकी छिन् । आइतवार बिहान एक घण्टासम्म भएको छलफलमा नेपाल भारतबीच शनिबार भएको सहमतिको कार्यन्वयन गर्ने, भारत र नेपालको सीमा सुरक्षा समस्याको स्थायी समाधन खोज्न थप छलफल गर्ने, उर्जासंकट समाधान गर्न भारतीय प्रधानमन्त्रीको भ्रमणमा क्रममा छलफल गरेर उर्जा सम्झौता गर्ने लगायतका विषयमा छलफल भएको छ ।
यसैबीच विदेशमन्त्री स्वराजले संविधानका विषयमा पनि चासो राखेको बताइएको छ । एमाले नेतृत्वले संविधान समयमै बन्ने विश्वास दिलाएको भेटमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए । नेपाल–भारत सम्बन्ध र एमाले विजेपी सम्बन्धका विषयमा पनि छलफल भएको छ । भारतीय प्रधानमन्त्रीको भ्रमण सफल पार्न दुबै पक्षले प्रतिवद्धता जनाएका छन् । भेट होटल ह्यातमा भएको थियो । भेटमा विदेशमन्त्री स्वराजले उपचारका लागि सिंगापुरमा रहेका एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना गरेकी थिइन् ।
यसअघि शनिबार एमाले उपाध्यक्ष तथा उप्रधानमन्त्री वामदेव गौतम होटल मल्लमा एक घण्टा कुर्दा पनि भेट हुन सकेको थिएन । ३ बजे भेटको समय तय गरिएपछि गौतम साढे दुईबजे मल्ल होटल पुगेका थिए । तर, १ घण्टा पर्खेका गौतमलाई भारतीय दुतावासका कर्मचारीले समय अभावका कारण भेट हुन नसक्ने भन्दै फर्काएका थिए ।

पशुपतिनाथको दर्शनपछि विदेशमन्त्री भारत फर्किँदै छिन् ।

 यो पनि पढ्नुहोस् ।  स्वराजले बामदेवसँग भेट्न मानिनन् ?


  •  
  •  
  •