अनेरास्ववियुको बिस्तारीत बैठक पुनः स्थगित

717
  •  
  •  
  •  

aneraswabiyu

काठमाडौं, ३० साउन (ओएनएस) : नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय प्रतिनिधि परिषदको बिस्तारीत बैठक पुनः स्थगित भएको छ ।

चितवनमा हुने भनिएको बैठक देशको तराई क्षेत्रमा प्राकृतिक विपत्तिबाट जनधनको क्षति भएकोले स्थगित गरिएको अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियुका सबै विद्यार्थीहरु राहात र उद्धारमा जुट्नुपर्ने भएकोले हाललाई बैठक स्थगित गरिएको महासचिव ऐन महर जानकारी दिए । बैठक भदौ २ देखि ५ गतेका लागि भरतपुरमा आयोजना गरिएको थियो ।

तर, बैठक भदौ महिनाभित्रै गरिने जनाइएको छ। यसअघि साउन २२ देखि २५ गतेसम्मका लागि तोकिएको बैठकपनि स्थगित गरिएको थियो ।


  •  
  •  
  •