काठमाडौँ, २४ फागुन(ओएनएस) : पार्टीको केन्द्रीय समितिको बैठकको मिति तथा एजेण्डा तय गर्नका लागि नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ ।
आज दिउँसो २ बजे बस्ने बैठकले पार्टीको आगामी केन्द्रीय समिति बैठकको मिति र एजेण्डा तय गर्नेछ । त्यस्तै, पार्टीको विभागको जिम्मेवारी विभाजन, मनोनयनका विषयमा पनि छलफल हुनेछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको एजेण्डाका विषयमा पनि छलफल हुने सचिव यागेश भट्टराईले जानकारी दिए । प्रधानमन्त्री ओली केपी शर्मा ओली चैत ७ गते चीन भ्रमणमा जादै छन् ।
बैठकमा सरकारमा पार्टीको भूमिका, नयाँ सरकार विस्तारका विषयमा पनि छलफल हुनेछ ।