संविधान जारी नभएसम्म कोइराला सरकार यथावत : एमाले

325
  •  
  •  
  •  

काठमाडौं, २४ साउन (ओएनएस) : नेकपा एमालेले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने सहमति कार्यान्वयन गराउने जिम्मा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको छ ।
पार्टी पदाधिकारी र मन्त्रीहरुबीच शुक्रबार भएको छलफलले सरकार गठनका क्रममा कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयनका लागि पहल गर्ने जिम्मा ओलीलाई दिएको हो । त्यस्तै बैठकले संविधान जारी नभएसम्म सुशील कोइराला नेतृत्वको वर्तमान सरकारलाई नै निरन्तरता दिने निष्कर्ष निकालेको छ ।


  •  
  •  
  •