काठमाडौ, २२ साउन (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाको कार्यशैलीप्रति तीब्र असन्तुष्टि जनाउदै नेकपा एमालेले सरकार परिवर्तनको विकल्पमा छलफल सुरु गर्ने संकेत गरेको छ । प्रधानमन्त्री कोइरालाको कार्यशैलीले मुलुकमा सरकार बिहिनताको अबस्था देखिएको तथा आफ्ना कार्यक्रम लागू गर्न नसकिएको भन्दै एमालेले कागे्रस संगको सहकार्यमा पुर्नविचार गर्ने संकेत गरेको छ ।
बिहिबार साझ एमाले पार्टी केन्द्रीय कार्यालय बल्खुमा बसेको एमाले पदाधिकारी बैठकले कागे्रससंग निर्णायक बार्ता गर्ने र कागे्रस सच्चिन तयार नभए सरकारको विकल्प खोज्ने निर्णय भएको हो । ‘सरकारको कार्यशैलीको आलोचना भयो र कागे्रससंग निर्णायक बार्ता गर्ने सहमति भएको छ’ उपाध्यक्ष भीम रावलले ओएनएसन्युज संग भने ।
प्रधानमन्त्रीको सुस्त कायैशैलीका कारण पार्टीभीत्र सरकारको चर्को आलोचना सुरु भएको, एमालेले सम्हालेका मन्त्रालयका निर्णयमा समेत कागे्रसले हस्तक्षेप गरेको जस्ता कारणले एमाले कागे्रससंग रुष्ट बनेको हो । ‘एमालेको भागमा परेको परराष्ट मन्त्रालयको निर्णयमा समेत कागे्रसको हस्तक्षेप बढ्यो, राजदूत नियुक्तीमा कागे्रसले ठूलो भाग खोज्यो’ एमालेका एमाले नेताले भने । एमालेले कागे्रससंग आज भोली मै वार्ता गर्ने बताएको छ ।
बैठकमा धादिङका कार्यकर्ता दिनेश अधिकारी ‘चरी’को मृत्यु सम्बन्धमा समेत छलफल भएको थियो । यस बिषयमा सरकारबाट सूचना लिने निर्णय भएको सचिव योगेश भट्टराइले जानकारी दिए ।