काठमाडौंलाई प्रदेश सरह अधिकार दिनुपर्ने प्रस्ताव

323
  •  
  •  
  •  

काठमाडौं, १७ असार (ओएनएस) । एमालेले काठमाडौं उपत्यकालाई प्रदेश सरहको अधिकारसहित मेट्रो सिटी बनाउन प्रस्ताव गरेको छ । स्थानीय संरचना तथा भौतिक संरचना विभागले मंगलबार एक विज्ञप्ती जारी गर्दै यस्तो प्रस्ताव गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरलाई एउटै मेट्रो सिटीमा राख्नुपर्ने उसको प्रस्ताव छ ।

राज्य पुनर्संरचनाका विषयमा देशका विभिन्न स्थानमा गरिएको छलफल र अन्र्तक्रियाका आधारमा यस्तो प्रस्ताव गरिएको एमालेले जनाएको छ । उसले संघीय राज्यमा ५ तहको स्थानीय सरकार हुनुपर्नेसमेत उल्लेख गरेको छ । विज्ञप्तीम भनिएको छ, ‘वडा, गाउँ, उपनगर, नगर र महानगरअनुसार ५ तहको स्थानीय सरकार हुनुपर्छ ।’ उसले स्थानीय सरकारलाई पनि स्वायत्ता दिनुपर्ने उल्लेख गरेको छ । कुनै पनि तहको स्थानीय सरकारलाई केन्द्र वा संघीय सरकारको अधिनस्थ राख्न नहुने बताइएको छ ।

एमालेले निम्नअनुसार संघीयतामा जानुपर्ने प्रस्ताव गरेको छ ।
–नेपालको संघीय राज्यको स्वरुप तीन तहको हुने, संघ, प्रदेश र स्थानीय तह
– संघीय राज्यमा स्थानीय सरकार मूलतः एक तहको हुनेः गाउँक्षेत्रमा गाउँपालिका र शहर क्षेत्रमा नगरपालिका रहने । स्थानीय सरकार तहको वर्गिकरण गाउँपालिका, उपनगरपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिका गरी पाँच प्रकारको हुने
– सवैभन्दा तल्लो राजनीतिक इकार्ईका रुपमा वडा तह रहने
– गाउँपालिका एवं नगरपालिकाहरुको समन्वयकारी इकाईकारुपमा जिल्ला समन्वय परिषद् रहने
– काठमाडौं, ललितपुर, भक्तपुर तीन वटै जिल्ला समेट्ने गरी काठमाडौं उपत्यका मेट्रो सिटी रहने र मेट्रो सिटीको अधिकारक्षेत्र प्रदेश सरह हुने तथा यी तीन जिल्लामा जिल्ला समन्वय परिषद नरहने
– स्थानीय तहमा अन्य कुनै समानान्तर विशेष संरचना (विशेष क्षेत्र, संरक्षित क्षेत्र तथा स्वायत्त क्षेत्र) नरहने


  •  
  •  
  •