एमाले पार्टी कार्यालय भत्काउन बोलपत्र आह्वान

216
  •  
  •  
  •  

balkhu durbarकाठमाडौँ, १२ जेठ(ओएनएस) : नेकपा एमालेले बल्खुस्थित पुरानो पार्टी कार्यालयको भवन भत्काउनका लागि बोलपत्र आह्वान गरेको छ ।

भूकम्पका कारण क्षति भएको पुरानो कार्यालय पार्टी सचिवालय सचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा बसेको केन्द्रीय कार्यालय व्यवस्थापन गर्न गठित कार्यदलको बैठकले भत्काउने निर्णय गर्दै बोलपत्र आह्वान गरेको हो ।

सचिव एव केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमार्फत भवनमा भएको सामग्री लैजानसमेत इच्छुक कम्पनी, संस्था र व्यक्तिलाई सार्वजनिक आह्वान गरिएको छ ।

विज्ञप्तिमा जेठ १६ गते आइतबार साँझ ५ बजेसम्म बोलकबोलसहित आशयपत्र हालको केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बुझाउन पनि आह्वान गरिएको छ ।

कार्यदलमा सचिव भट्टराई, आर्थिक विभाग प्रमुख विष्णु रिमाल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र लेखा प्रमुख खेमराज पौडेल सदस्य रहेका छन् । २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पका कारण एमालेको बल्खुस्थित केन्द्रीय कार्यालय क्षति पुगेको थियो ।

भूकम्पले क्षति पुर्याएपछि एमाले मुख्यालय अहिले धुम्बाराहीमा सरेको छ ।


  •  
  •  
  •