सभासद मनोनयनको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओलीलाई

247
  •  
  •  
  •  

काठमाडौं ११ भदौ ।
नेकपा एमालेले २६ सभासद मनोनयनका लागि नाम प्रस्ताव गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। केन्द्रीय कार्यालय बल्खुमा मंगलबार भएको पदाधिकारी बैठकले सभासद नाम सिफारिस गर्ने व्यक्तिको मापदण्ड अध्यक्ष ओलीलाई सभासदको नाम प्रस्ताव गर्ने जिम्मेवारी दिएको हो।

‘मापदण्डभित्रका व्यक्तिहरुको नाम सिफारिस गर्ने जिम्मेवारी अध्यक्षलाई दिएको छ,’ उप महासचिव घनश्याम भुसालले नागरिकसँग भने, ‘अध्यक्षले नाम प्रस्तुत गर्नुभएपछि त्यसमाथि छलफल हुने छ।’
बैठकले सभासदका छुटेको जनजाती र विज्ञहरुलाई पठाउने मापदण्ड तय गरेको छ। २६ सभासद मध्ये राजनीतिक दलहरुबीच भएको भागबण्डामा एमालेको भाग ८ सभासद परेको छ। यसअघि अध्यक्ष ओली र प्रधानमन्त्री सुशील कोइरालाले बालुटावारमा सर्वोच्च अदालतले गरेको बारेमा कानुन व्यवसायीसँग परामर्श गरेका थिए। सर्वोच्च अदालतले राजनीतिक दलसँग आवद्ध भएको र प्रत्यक्षमा चुनाव हारेका र समानुपातिकको सूचीमा नपरेको व्यक्तिलाई मात्रै सभासद बनाउन सरकारको नाममा परमादेश जारी गरेको थियो।नागरिकबाट


  •  
  •  
  •