एमाले स्थायी समिति बालुवाटारमा र पोलिटब्युरो धुम्बाराहीमा

214
  •  
  •  
  •  

काठमाडौं २३ चैत (ओएनएस) :
नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । लामो समयको अन्तरालपछि नेकपा एमालेको पोलिटब्युरोको बैठक आजरदेखि पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बस्दैछ । त्यसअघि पार्टीको सचिवालय र स्थायी समितिको बैठक बालुवाटारमा बस्नेछ । आउने चैत २७–३० मा काठमाडौँमा केन्द्रीय कमिटीको बैठक तय गरिएकाले त्यसका एजेण्डा तय गर्न पोलिटब्युरो बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

३२ वटा केन्द्रीय विभागलाई पूर्णता दिन गृहकार्य भइरहेकाले बैठकअघि सबै बिभागले पूर्णता दिनेगरि तयारी छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गर्नुहुनेछ । बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे छलफल हुनेछ ।

स्थायी कमिटीको यसअघिको निर्देशनबमोजिम केन्द्रीय सचिवालयले गृहकार्य गरी महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेकोे प्रस्तावमा केही नेताले असन्तुष्टि जनाएका थिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको समीक्षा, सरकारको प्रभावकारिता, संविधानको कार्यान्वयन, पार्टीका विभाग र अञ्चल कमिटीमा सदस्य मनोनयन लगायत विषयमा छलफल हुने श्रैष्ठले जानकारी दिए ।


  •  
  •  
  •