एमाले महाधिवेसन मतगणना सुरु हुँदै

72
  •  
  •  
  •  

काठमाडौं २९ असार (ओएनएस) : नेकपा एमालेको नवौँ महाधिवेशनको नयाँ निर्वाचनको मतगणना आजबाट हुँदैछ । बिहान ८ बजेबाट नै मतगणना हुने भनिएपनि अहिलेसम्म सुरु भने भइसकेको छैन । हिजो बिहान ८ बजेबाट सुरु गर्ने भनिएको मतगणना हिसाजे साँझसम्म पनि हुन नसकेपछि आज बिहानका लागि सारिएको थियो । बिहान काठमाण्डुको दशरत रंगशालामा मतगणना हुनेछ । अध्यक्षका प्रत्यासीहरू माधवकुमार नेपाल र केपी शर्मा ओली समूहका प्रतिनिधि र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारीबीच मगणनाको विधि, आचारसंहिता र स्थानबारे छलफल लम्बिएपछि हिजो हुन नसकेको नेताहरुले बताएका छन् । आज बिहानबाट हुने मतगणनाको पदाधिकारीको परिणाम बेलुकासम्म र अन्यको भोलि रातीसम्म आउने छ । मतगणनाका लागि १२ वटा ठाउँ छुट्याइएको छ । ती मध्ये १० ठाउँमा अन्यको र २ ठाउँमा पदाधिकारीको मतगणना हुनेछ । २ हजार १ सय ७६ जना प्रतिनीधि मध्ये २२ जना मतदानमा अनुपस्थित रहेका थिए । मतगणना हर्ने र परिणाम सुन्न काठमाण्डुको त्रिपुरेश्वरस्थित रङ्गशाला बाहिर प्रतिनिधि र कार्यकर्ताको भीड लागि सकेको छ । नयाँ विधानअनुसार १४ पदाधिकारीसहित केन्द्रीय कमिटी एकसय ५९ हुने प्रावधानअनुसार प्यानल घोषणा गरिएको छ । एमालेको यो महाधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव चयन हुनेछन् । ती पदहरुमा दुई प्यानलबाट २८ जनाको उमेदवारी परेको छ । त्यस्तै एकसय १५ पूर्णसहित एकसय ५९ सदस्यीय केन्द्रीय कमिटीका लागि झण्डै साढे चारसय जनाको उमेदवारी परेको छ ।


  •  
  •  
  •