गुटको मारमा मनोनयन सदस्य

103
  •  
  •  
  •  

भूवन क्षेत्री

काठमाडौं २१ असार (ओएनएस) :  नेकपा एमालेको महाधिवेसन हरेक हिसावले यसपटक ऐतिहाँसिक बन्ने भएको छ । प्रविधि, विवादसँगै प्रतिनिधी मनोनयनमा पनि ऐतिहाँसिक बन्ने देखिएको छ । गुटगत विवादका कारण नवौं महाधिवेशनमा प्रतिनीधि चयन नगरि महाधिवेसन सक्ने देखिएको छ । अध्यक्षका प्रत्यासी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओलीपक्षबीच १ सय ११ सदस्यको मनोनयनमा सहमति भएको छ्रन ।

 

पहिलो पटक प्रतिनीधि मनोनयन नगरि हिजो बन्दसत्र सुरु भएको छ । ओली पक्षले बहुमतका आधारमा मनोनयन गर्नुपर्ने प्रस्ताव राखेपछि नेपाल पक्षले अस्वीकार गरेको छ ।
स्थायी समितिमा ओली पक्षको बहुमत छ । ओली पक्षले १ सय ११ जना मनोनयन हुनेमध्ये ६० प्रतिशत आफूले भनेअनुसार हुनुपर्ने अडान राखेकोले सहमति हुन नसकेको एक नेताले बताए ।

पार्टी अध्यक्षले भनेका २० प्रतिशत मनोनयन गर्न पाउनुपर्ने प्रस्ताव राखिपछि नेपाल पक्षले भने नेपाल र ओली समुहबीच ४०–४० प्रतिशतका आधारमा मनोनयन गर्नुपर्ने अडान लिएको छ ।
नेपाल पक्षका नेता सचिव युवराज ज्ञवालीले आबश्यक प्रतिनीधि पार्ने भन्दा पनि भागबण्डाको प्रस्ताव आएकाले मनोनयन हुन नसकेको बताए । उनले आज छप छलफल गरेर सहमति खोजिने बताए । ओली पक्षका नेता तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने प्रतिनीधि मनोनयन हुने सम्भावना कम रहेको बताए ।
‘हिजो नै गर्नुपथ्र्यो हामीले गर्न सकेनौ’ ज्ञवालीले ओएनएस न्यूजसँग भने ‘आज छलफल हुन्छ तर सहमति भएर सदस्य मनोनयन हुने सम्भावना कम छ ।’ गुतगत भागबण्डाको विवादले नेकपा एमालेको महाधिवेशनमा भाग लिन पाउने अधिकारबाट मनोनयन हुने प्रतिनिधि बञ्चित हुने भएका छन ।


  •  
  •  
  •