एमाले पोलिटब्युरो संख्या बढ्यो, आज सदस्य छानिदै

535
  •  
  •  
  •  

काठमाडौं २८ मंसिर (ओएनएस) : सर्वसम्मत स्थायी समिति चयन गरेको नेकपा एमालेले आज पोलिटब्युरो चयन गदैृछ । पोलिटब्युरो गठनसम्बन्धी चुनावी प्रक्रिया आज बिहान १० बजेबाट सुरु गर्ने तयारी छ। नेताहरूबीच समझदारी बन्दै गएकाले शनिबार गर्ने भनिएको पोलिटब्युरो गठन स्थगित गरी पहिले स्थायी कमिटी गठन गरिएको थियो ।

नेकपा एमालेको जारी चौथो केन्द्रीय कमिटी बैठकले नेता माधवकुमार नेपाल र मुकुन्द न्यौपानेलाई स्थायी समिति सदस्यमा चयन गरेको छ । शनिबारको बैठकले पदाधिकारीसहित १७ सदस्यीय स्थायी समिति गठन गरी नेता नेपाल र न्यौपानेलाई स्थायी समिति सदस्य चयन गरेको हो । अध्यक्ष केपी शर्मा ओली र नेता नेपालले पोलिटब्युरो र स्थायी समिति सहमतिमै चयन गर्ने गरी अघि बढाएको गृहकार्यअनुसार सर्वसम्मत रूपमा स्थायी समिति गठन गरिएको हो ।

दुई नेताबीच २१ सदस्यीय स्थायी समिति गठन गर्ने गरी नेताहरूको नाममा समेत सहमति भए पनि बाँकी सदस्य भने आज पोलिटब्युरो चयन सकिएपछि पूर्णता दिने समझदारी भएको छ । दुई नेताबीच निवर्तमान सचिव शंकर पोखरेल, नवौं महाधिवेशनमा महासचिवका प्रत्यासी सुरेन्द्र पाण्डे र उपाध्यक्षका प्रत्यासी छविलाल विश्वकर्मालाई स्थायी समितिमा लैजाने सहमति भइसकेको छ । एक जनाका विषयमा पछि निणर्य गरिनेछ ।

स्थायी कमिटी २१ सदस्यीय बनाउने समझदारी भएकाले अब ६० सदस्यीयसम्म पोलिटब्युरो गठनको बाटो खुलेको छ । पोलिटब्युरोमा पनि सर्वसम्मति खोज्ने गृहकार्यका दुई नेता लागेका छन् । दुवैतर्फका आकांक्षी आवश्यकताभन्दा डेढ दर्जन बढी रहेकाले उनीहरूको व्यवस्थापनका सन्दर्भमा समस्या देखिएको हो ।


  •  
  •  
  •