एमाले स्थायी कमिटीको बैठक बस्दै

178
  •  
  •  
  •  

काठमाडौं, ७ पुस (ओएनएस) : एमाले स्थायी कमिटीको बैठक बस्दै छ । एमालेले निर्वाचन पछि पहिलो पटक बैठक बस्न लागेको वताएको छ । बैठकमा एमाले र माओवादी केन्द्रले पार्टी एकता तथा भावी सरकारको स्वरुपबारे आन्तरिक तयारी सम्बन्धि छलफल हुने जनाएको छ । नयाँ सरकार गठन तथा माओवादीसँगको पार्टी एकता लगाएतका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्न लागेको एमाले नेता सुवासचन्द्र नेमाङले ओएनएसलाई जानकारी दिएका छन् ।

बैठक दिउँसो १ बजे पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा बस्ने एमालेले जनाएको छ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, माओवादी केन्द्रसँगको एकता, राष्ट्रियसभा गठनलगाएत विषयमा छलफल हुने एमाले नेता नेमाङले जानकारी दिएका छन् ।


  •  
  •  
  •