साझा प्रस्तावविरुद्ध काँग्रेस–एमालेभित्रै हस्ताक्षर

207
  •  
  •  
  •  

NC-UMLकाठमाडौं, १ मंसिर (ओएनएस) : नेपाली कांग्रेस र नेकपा एमाले सहितका अन्य दलका थारु सभासदहरु कांग्रेस-एमालेले ल्याएको ७ प्रदेश सहितको साझा प्रस्तावको विपक्षमा उभिने भएका छन् । नयाँ संविधानका अन्तरवस्तुमा काँग्रेस–एमालेसँग भएको सहमति संशोधन गर्नुपर्ने निस्कर्ष सहित त्यसो नगरे त्यसको विपक्षमा उभिने उनीहरुले बताएका छन् ।

सभासदहरुले सोमबार बिहान ललितपुरको कुपण्डोलमा भएको बैठकमा सभासद्हरुको आफुहरुले पार्टीका तीनै शीर्ष नेताहरुलाई बुझाएको मागपत्रको सम्बोधन नभएको गुनासो गरे । उनीहरुले हस्ताक्षर संकलन गर्दै संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापती बाबुराम भट्टराई, सभामुख सुवास नेम्बाङ र प्रमुख दलका नेतालाई बुझाउने पनि निर्णय गरेका छन्।

मधेस केन्द्रित सभासदले मधेसमै तीन प्रदेश बनाउनु पर्ने अडानमा रहनुपर्ने बताएका छन् । ओएनएससँग कुरा गर्दै नेपाली काँग्रेसका सभासद तेजुलाल चौधरीले भने- ‘पार्टीको बैठकमा छलफल नगरी नेताहरुले ल्याएको प्रस्वात हामीलाई मान्य छैन, यसअघि नेपाली काँग्रेसले तराईलाई तीन प्रदेश बनाउने निर्णय गरेको थियो, तर प्रस्तावमा तराईलाई टुक्राएर ५ प्रदेश पारिएको छ । ’ उनले पार्टीको निर्णय मान्ने तर निर्णय बिना आएको प्रस्तावमा सकारात्मक हुन नसकिने बताए ।

पार्टीको यस्तो प्रस्तावले आफुहरुलाई तराईका जनतालाई दिने जवाफ नहुने पनि  उनले बताए ‘नेता ज्यूहरु यहाँ बसेर निर्णय गर्नुहुन्छ, तर हामीलाई जनतासँग फेस गर्न गाह्रो हुन्छ, हामीले चुनाव ताका गरेका प्रतिबद्धता तोड्ने काम हुन्छ । ’


  •  
  •  
  •