प्रधानमन्त्रीद्धारा मन्त्रिमण्डल पुनर्गठन

99
  •  
  •  
  •  

काठमाडौं २७ भदौ (ओएनएस): नेकपा एमाले आफ्ना दुई मन्त्रीलाई पदबाट हटाएको छ । एमालेले उद्योगमन्त्री कर्ण थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यलाई हटाइएको हो । एमालेको सिफारिसमा प्रधानमन्त्री सुशील कोइरालाले मौजूदा मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।  पुनर्गठित मन्त्रिमण्डलमा दीपकचन्द्र अमात्यलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र महेश बस्नेतलाई उद्योग मन्त्रालयको कार्य विभाजन तोकिएको छ ।

दुई मन्त्रालय बाहेक मन्त्रिपरिषद्का अन्य सदस्यहरुको कार्यविभाजन यथावत रहेको प्रधानमन्त्रीको सचिवालयको विज्ञप्तीमा उल्लेख छ । अध्यक्ष केपी शर्मा ओलीको एकल निणर्यमा उनीहलाई फिर्ता बोलाइएको एमाले स्रोतले जनाएको छ । स्रोतका अनुसार केहीदिनअघि ओली स्वास्थ्य उपचारका क्रममा थापासँग् असन्तुष्ट थिए । ओलीको निणर्यबारे एमालेमा भने असन्तुष्टि बढेको छ । एमाले अध्यक्ष केपी ओली निकट बस्नेत युवा संघका अध्यक्ष हुन् । थापा पनि ओली पषका नै हुन ।सुशीलचन्द्र  अमात्यलाई राजीनामा गराएर अघिल्लो संविधानसभामा  माधवकुमार नेपाललाई सभासद बनाइएको थियो । दिपम उनकै छोरा हुन ।

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले भने आफुलाई जानकारी नभएको बताए । त्यस बारेमा पार्टीभित्र कुनै छलफल नभएको उनले बताए । मन्त्री कर्ण थापाले आफुलाई हटाउने विषयमा जानकारी नदिएको बताए । ओएनएससँग उनले भने ‘मैले पनि फिर्ता बोलायो भन्ने सुनेको छु मलाई यसबारेमा जानकारी गराइएको छैन ।’


  •  
  •  
  •