महाधिवेसनको निणर्यकै आधिकारीकतामा एमालेमा अलमल

255
  •  
  •  
  •  

काठमाडौं ३१ साउन (ओएनएस) : एमालेमा पोलिटब्यूरो चयनको प्रावधानलाई लिएर केन्द्रीय समितिको जारी बैठकमा चर्किएको विवाद पदाधिकारीहरुले मिलाउने भएका छन् । विवाद मिलाउन पदाधिकारी बैठक बिहान ११ बजे बोलाइएको छ । पदाधिकारी बैठकमा विवाद समाधान भए दिउँसोको केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ ।
एक कार्यकाल केन्द्रीय कमिटीमा बिताईसकेको वा जो सुकैले पनि पोलिटब्यूरो सदस्य बन्न पाउने भन्नेमा केन्द्रीय कमिटीको जारी बैठकमा सदस्यहरु विभाजित भएका हुन् ।
सचिव यागेश भट्टराईले पदाधिकारी बैठकले सहमति गरेपछि केन्द्रीय समितिमा एजेण्डा लैजाने सहमति नगरे आज केन्द्रीय  कमिटीमा छलफल नचलाइने बताए ।
केन्द्रिय समितिको नेताहरुबीचको विवाद चिर्किन थालेपछि अध्यक्ष ओलीले यो बिषयमा अब थप छलफलको जरुरी नरहेकोले सहमतिबाट टुग्याउन पहल गर्ने भन्दै शुक्रबारको बैठक समापन गरेका थिए । महाधिवेशनमा के फैसला भएको हो भन्नेमा द्वविधा भएमा त्यहा भएका माइन्यूट, अडियो र भिडियो हेरेर परिक्षण गर्न सकिने नेपालको धारणा थियो ।केन्द्रीय कमिटी दिउँसो एक बजे बोलाइएको छ।


  •  
  •  
  •