एमाले स्थायी समिति बस्दै

262
  •  
  •  
  •  

काठमडौं २३ माघ (ओएनएस) :  नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ । बैठकमा संविधान निर्माण प्रक्रिया र सहमतिका लागि वार्ताका विषयमा छलफल हुनेछ ।

बल्खुस्थित पार्टी मुख्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए। त्यसअद्धि सत्तापक्षको सहयात्री दलसँग छलफल राखेको छ ।

नेता माधवकुमार नेपालले विपक्षीलाई वार्तामा ल्याउन लचक हुनुपर्ने भन्दै नौ बुँदे सहमतिको समेत आलोचना गरिरहेका छन् ।
साथै बैठकमा प्रश्नावली प्रस्ताव समिति गठनपछि हच्किएको एकीकृत माओवादीसहितका विपक्षी दललाई सहमतिमा ल्याउने विषयमा पनि छलफल हुने उनले बताए ।


  •  
  •  
  •