एजेण्डा गोप्य राख्दै एमाले केन्द्रीय समिति आजबाट

250
  •  
  •  
  •  

काठमाडौं २२ मंसिर (ओएनएस) :  एजेण्डा गोप्य राख्दै एमाले केन्द्रीय समितिको बैठक आज सोमबारदेखि सुरु हुने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले एजेण्डा तय गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । अध्यक्ष ओलीले पेश गरेका विषय नै केन्द्रीय समिति बैठकका एजेण्डा हुनेछन् । बिहान पदाधिकारी बैठक बसेपछि ११ बजेपछि केन्द्रीय समिति बस्ने तयारी छ ।

ओली पक्षका एक नेताका अनुसार अध्यक्ष ओलीले माधव नेपालले पेश गरेको असन्तुष्टिका सात बुदालाई सम्वोधन गर्दै बैठक सन्चालन गर्ने तयारी भएको छ । आइतबारको पदाधिकारी बैठकबाट स्थायी कमिटी र पोलिटब्युरो निर्वाचन कसरी गर्नेबारे कुनै टुंगो लाग्न भने सकेन । पदाधिकारीहरुले आ–आफ्ना धारण राखेपछि सोमबार बिहान थप छलफल गर्ने भन्दै ओलीले बैठक स्थगन गरेका थिए ।

पार्टी अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा बसेको पदाधिकारी बैठकमा नेता माधवकुमार नेपाल पक्षधरले भनाई राख्ने प्रकाशित विधान महाधिवेशनको निर्देशन विपरित भएकाले सो विधानअनुसार स्थायी कमिटी र पदाधिकारी चयन गर्न नमिल्ने भन्दै अडान लिएका छन् । ओली पक्षका नेताहरुले अहिलेको विधान अनुसार नै जानुपर्ने बताएका छन् ।
उपाध्यक्ष युवराज ज्ञवालीले बैठकमा पदाधिकारीबाट आफ्ना धारणा राख्ने काम भएको र एजेण्डा आइतबार बिहान छलफल गरेपछि अध्यक्षले तय गर्ने बताए । उनले यसअघि भएका विवाद मिलाएरु जानुपर्नेमा अध्यक्ष सकारात्मक भएको र सोमबारको केन्द्रीय समिति स्थगन नहुने बताए ।

ओली किन मौन ?

भनाई राख्ने क्रममा समेत जवाफ फर्कादै उखान टुक्का भन्ने अध्यक्ष ओली आइतबारको बैठकमा मौन थिए । सदस्यहरुका भनाई धैर्यता पूर्वक सनेर उनले अन्तिममा सक्षिप्त भनाई राखेका थिए । ‘अध्यक्ष ओलीले कुनैपनि विषयमा यसरी जाने भनेर प्रस्ताव पनि राखेनन, बिचमा पदाधिकारीका भनाईमा प्रतिउत्तरपनि गरेनन’ एक सदस्यले भने । उनको मौनता रहस्यमयी थियो ती सदस्यले सुनाए । सोमबारको बैठकमा एजेण्डा पेश गर्नुअघि बैठकलाई सम्वोधन गर्ने योजना अध्यक्षको छ । सम्वोधनका क्रममा नेता नेपालले राखेका असन्तुष्टिलाई पार्टीले सम्वोधन गर्ने प्रतिवद्धता जनाउने छन् । नेता नेपालले विधानलगायतका विवादहरु समाधान गरेर मात्र केन्द्रीय कमिटी अगाडि बढ्नुपर्ने भन्दै यसअघि नै केन्द्रीय कमिटीमा ध्यानकर्षणपत्र दर्ता गरेका छन् ।

संविधानमा चासो

बैठकमा माघ ८ मा संविधान आउने वा नआउने विषयमा पनि दलहरुले छलफल भएको छ । हिजो बैठकपछि वरिष्ठ नेता झलनाथ खनालले भने माघ ८ मै संविधान गरी गर्न दलहरुसँग छलफल गर्ने बताए । आजको केन्द्रीय समिति बैठकमा पनि राष्ट्रिय राजनीतिक संकट र संसिवधान निर्माणलाई प्राथमिकता राखेर छलफल हुने खनालले बताए ।


  •  
  •  
  •