एमाले पदाधिकारी बैठक बालकोटमा

538
  •  
  •  
  •  

 

uml meetting
File Photo

काठमाडौं २१ म्ंसिर (ओएनएस) :  नेकपा एमालेले केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय गर्दैछ । आज पदाधिकारी बैठक बसि नेताहरुको कार्यविभाजन, पोलिटब्युरो गठन लगायतका विषयमा छलफल हुनेछ । विवादका कारण एक महिना स्थगित भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भोलि सोमबारका लागि बोलाइएको छ । आजको पदाधिकारी बैठकमा कार्यविभाजन, पोलिटब्युरो र स्थायी कमिटी गठनजस्ता पार्टी सञ्चालनका लागि आवश्यक महत्वपूर्ण कामका विषयमा साझा एजेण्डा बनाइनेछ । यसअघि माधवकुमार नेपाल पक्षले पार्टी सस्थागत भन्दा व्यक्तिगत ढंगले चलाउन खोजेको भन्दै आपत्ति जनाएको थियो ।

नेपाल पक्षले एक महिनामा पनि कुनै तयारी नभएको बताएको छ । केन्द्रीय सदस्य ठाकुर गैरले यसअघि तयारी नपुगेको भन्दै बैठक स्थगन गरेपनि यो बिचमा पनि कुनै तयारी नभएको बताए ।

आजको पदाधिकारी बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बोलाइएको छ । कात्तिक १४ गतेको बैठकमा अध्यक्षले एकलौटी रुपमा पार्टी चलाउन खोजेको आरोप लगाउँदै नेता नेपालले ध्यानाकर्षण पत्र प्रस्तुत गरेका थिए । त्यसपछि कात्तिक १८ र २२ गते केही समयका लागि बैठक बसे पनि एक महिनाका लागि स्थगित गरिएको थियो।

 


  •  
  •  
  •