एमालेमा नेपालको प्रस्तावमा आजपनि छलफल नहुने

116
  •  
  •  
  •  

काठमाडौं १८ कात्तिक (ओएनएस) :
नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । ४ दिनअघि बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यबिभाजन, कार्ययोजना र पोलिटव्यूराको गठल लगायतका एजेण्डा प्रस्तुत गरे पनि छलफल नगरी बैठक स्थगित भएको थियो । आजको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता माधवकुमार नेपालले औपचारिक रुपमा पेस गर्नु भएको ७ बुँदे असहमतिको बारेमा छलफल हुनेछ । यद्यपी शीर्ष नेताहरुको व्यस्तताका कारण आजको बैठक पनि स्थगित गर्ने तयारी भएको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा नेताहरु सहभागी हुनपर्ने भएकाले केहीबेर बसेर केन्द्रीय कमिटी स्थगित गरिने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमाले नेता नेपालले अध्यक्ष ओली निरङ्कुश रुपमा अघि बढ्न खोजेको आरोप सहित ७ बुदे आरोपपत्र पेस गरेका छन् ।


  •  
  •  
  •