संसद र संविधानसभामा एमाले प्रभावकारी भूमिका खोज्दै

77
  •  
  •  
  •  

काठमाडौं २३ असोज (ओएनएस) :
ब्यवस्थापिका संसद र संविधानसभामा नेकपा एमालेले प्रभावकारी भूमिका खोज्ने भएको छ । दलहरुबीच हिजो भएको सहमति र संविधानका विवादित विषयमा आज छलफल गर्दैछ । बिहान १० बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा बोलाइएको संसदीय दलको बैठकमा संसदमा एमालेले खेल्ने भूमिका, सभासदहरुले राख्ने भनाई र हिजोको सहमति कार्यान्वयनका विषयमा छलफल हुनेछ । त्यस्तै संविधान निर्माण प्रक्रियाका विषयमा देखिएका विवादित विषयमा एमालेले बनाउने धारणाका विषयमा छलफल हुने उपाध्यक्ष भीम रावलले जानकारी दिए । संसद चलेपछि अब संसदीय गतिविधि बढ्ने भएकाले एमालेले संविधानसभा र संसदमा खेल्ने भूमिका, उपस्थिति लगायतका समर्ग विषयमा छलफल हुने उनले बताए ।

 


  •  
  •  
  •