राष्ट्रपतिका विषयमा एमालेले अन्तिम धारणा बनाउँदै

61
  •  
  •  
  •  

काठमाडौं ५ भदौ (ओएनएस) : राष्ट्रपति उपराष्ट्रपति अनुमोदनका विषयमा नेकपा एमालेले अन्तिम धारणा बनाउने भएको छ । नेपाली कांग्रेस र प्रधानमन्त्रीबाट समेत अनुमोदनको औचित्य नभएको भनाई आएपछि एमालेले त्यसमा अन्तिम धारणा बनाउन आज पदाधिकारी बैठक बोलाएको छ । बैठकमा राष्ट्रपतिका विषयमा कांग्रेससँग भएको सहमति र एमालेले अब राख्ने अडानका विषयमा छलफल हुनेछ ।

बैठकमा संविधान निर्माण अन्र्तगतको राज्यपुनर्संरचनाका विषयमा पार्टीको धारणा तय गर्नेगरि छलफल हुने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । संविधानसभामा संविधानका महत्वपुर्ण विषयमा छलफल सुरु भएसँगै पार्टीको बटमलाईन तय गर्न बैठक बस्न उनले बताए ।  पार्टी कार्यालय बल्खुमा दिउँसो २ बजे बस्ने बैठकमा संविधानसभामा दोस्रो ठुलो दलको हैसियतले तोकिएको समयमा संविधान ल्याउन पार्टीले गर्न सक्ने पहलका विषयमा पनि छलफल गरिने एमालले जनाएको छ । ९ गते बस्ने तीनदलको वैठकमा पेस गर्ने आधिकारी धारणा एमालेले तय गर्नुपर्ने भएकाले बैठक बस्न लागेको हो ।


  •  
  •  
  •