एमाले बैठकमा टोली नेताले निस्कर्ष पेश गर्ने

150
  •  
  •  
  •  

काठमाडौं २९ चैत (ओएनएस) : नेकपा एमाले केन्द्रीय कमिटीमा आज समुहगत छलफलको निस्कर्ष पेश हुने भएको छ । बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा आजदेखि अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा हिजो भएको समुहगत छलफलका आधारमा टोली नेताले निस्कर्ष पेश गर्ने कार्यक्रम छ । हिजो १० वटा समुह बनाएर छलफल गरिएको थियो ।

सदस्यको उपस्थिति क्रमलाई आधार बनाएर समुह विभाजन गरिएको थियो । आज समुहका टोली नेताले निस्कर्ष पेश गरेपछि नेतृत्वका तहबाट जवाफ दिइनेछ । जवाफ पछि भोलि प्रतिवेदन संसोधनसहित बैठक सकिने सचिव तथा प्रवक्ता योगेश भट्टराईले जानकारी दिए ।

एमालेमा संघिय संरचना अनुसार पार्टीलाई लैजाने विषयमा पनि छलफल भइरहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा संघियतालाई परिवर्तनशील विषयका रूपमा ग्रहण गर्दै आयोगका माध्यमबाट पुनरावलोकन गर्न सकिने उल्लेख छ । तराई–मधेसका समस्या समाधान गर्न सरकारले वार्ता र संवादका लागि निरन्तर पहल गरिरहेको तीन महिनाभित्र सीमांकनको विषय टुंगो लगाउने बिषयमा पनि अध्यक्ष ओलीको प्रतिबेदनले जोड दिएको छ ।


  •  
  •  
  •