एमालेमा जिम्मेवारी विभाजनको नयाँ प्रस्ताव पेश हुँदै

188
  •  
  •  
  •  

काठमाडौं ११ चैत (ओएनएस) :  नेकपा एमालेमा विवाद समाधान गर्न आज नयाँ प्रस्ताव लगिने भएको छ । नेता माधवकुमार नेपाल पक्षको समेत चित्त बुझाउने गरि नयाँ प्रस्ताव तयार गर्न सस्थापन पक्ष विहानैदेखि छलफलमा छ । महासचिव ईश्वर पोखरेलले अध्यक्ष केपी ओलीसँग परामर्श गरेर नेपालसँग पनि धारणा लिएका छन् ।  महासचिव पोखरेलले यसअघि प्रस्ताव गरिएको प्रस्ताव हेरफेर गरेर आज नयाँ प्रस्ताव पेश गर्नेछन् ।

छलफलका लागि नयाँ प्रस्ताव ल्याउन महासचिव ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ । नवौं महाधिवेशनपछि निर्वाचित नेतृत्वको कार्यविभाजन प्रस्तावमा कुरा नमिल्दा विवाद बढ्दै गएको छ । आज थप छलफल गर्न बिहान ११ बजे बैठक बोलाइएको छ । आजको बैठकमा एमाले महासचिव ईश्वर पोखरेलले पेश गर्नुभएको कार्यविभाजन सहितको प्रस्ताव सन्तुलित आए छलफल हुने नभए अस्वीकार गर्ने नेता माधवकुमार नेपाल पक्षको तयारी छ ।

उपाध्यक्ष युवराज ज्ञवालीले आज सबैलाई चित्त बुझ्ने प्रस्ताव ल्याउन महासचिव पोखरेललाई सुझाइएको बताए । उनले बैठक ११ बजे अध्यक्ष ओली निवास वालकोटमा बस्ने बताए ।


  •  
  •  
  •