राष्ट्रपतिको उम्मेदवार टुंग्याउन एमाले स्थायी कमिटीको बैठक बस्दै

227
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन (ओएनएस) : २९ फागुनका लागि तय भएको राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवार तय गर्न एमाले स्थायी कमिटीको बैठक मंगलबार बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने बैठकले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या नयाँ उम्मेदवार खोजी गर्ने भन्नेमा ठोस निर्णय गर्ने विश्वास गरिएको छ।

वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्नेछन्। राष्ट्रपति एमालेले पाएको छ, भने उपराष्ट्रपति माओवादीले। राष्ट्रपतिको उम्मेदवारीको मनोनयन दर्ता बुधबार हुुँदैछ।

बैठकमा माओवादी केन्द्सँगको एकता प्रक्रिया, सरकार विस्तारलगायत विषयमा पनि छलफल हुने एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।


  •  
  •  
  •