एमाले बैठक स्थगित

79
  •  
  •  
  •  

काठमाडौं, २८ साउन (ओएनएस) : नेकपा एकालेका जारी केन्द्रीय समितिको बैठक प्रतिवेदन अध्ययनकालागि भन्दै बिहीवारसम्मकालागि स्थगित भएको छ । राजनीतिक प्रतिवेदन, विधान, बैठक संचालन कार्यविधि तथा संगठनात्मक प्रतिवेदन अध्ययन सबै केन्द्रीय सदस्यलाई हात हातमा दिएर बैठक स्थथित भएको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जानकारी दिए ।

बैठकको सुरुमा महाधिवेशनमा बराबरी मत ल्याउने चार जनालाई केन्द्रीय सदस्यको शपथ दिलाइएको थियो । साथै महाधिवेशन निर्वाचित भएका केन्द्रीय सदस्यहरु गौरा प्रसाई र महेन्वद्रबहादुर पाण्डेलाईसमेत केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको थियो । उनीहरु कार्यव्यवस्थताका कारण यस अघि शपथ लिएका थिएनन् ।
बैठक सुरु हुनासाथ अध्यक्ष केपी ओलीले चारवटा प्रतिवेदन अध्ययन गर्न बिहीवारसम्मको समय दिइएको भन्दै बिहीवारसम्मकालागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।


  •  
  •  
  •