एमाले–माओवादी कार्यदलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

249
  •  
  •  
  •  

काठमाडौं, २८ पुस (ओएनएस) : वाम गठबन्धनको संयुक्त कार्यदलको पहिलो बैठक आज बस्दैछ।

बिहान ११ बजे सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बस्ने बैठकमा राष्ट्रिय सभाका साझा उम्मेदवार र प्रदेश सरकारको प्रारम्भिक खाका लगायतका बिषयमा छलफल हुनेछ।

कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको चुनावमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्ने एमाले नेता सुवास नेम्वाङले जानकारी दिए।

दुबै दलको कार्यदलले बिहीबार आ–आफ्नो दलमा आन्तरिक छलफल गरेका थिए।

कार्यदलमा एमालेबाट नेम्वाङ सहित शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामवहादुर थापा, वर्षमान पुन र मातृका यादव सदस्य छन्।


  •  
  •  
  •