माधव नेपालको असन्तुष्टी सहित ७ बुँदे अपिल पत्र

193
  •  
  •  
  •  

काठमाडौं १४ कात्तिक (ओएनएस):  शुक्रवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ७ बुँदे अपिल पेश गरेका छन्।

उनले अध्यक्ष केपी शर्मा ओली निरंकुस भएको भन्दै केन्द्रीय कमिटीमा आन्तरिक एकता र सुदृढिकरणका लागि मेरो अपिलु शिर्षकमा आफ्नो अपिल पेस गरेका हुन् ।

अपिलमा महाधिवेशनको निर्णय उल्लङघन गरेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले महाधिवेशनमा पार्टी विधान एकपक्षीय रुपमा छापेको उनको आरोप छ । महाधिवेशनमा पार्टी विधान छाप्दा परामर्श गरेर छाप्ने भनिएको थियो ।

त्यस्तै  विधानमा तल्लो कमिटीका पदाधिकारी माथिल्लोमा निर्वाचित हुँदा तल्लो पद स्वत जाने ब्यवस्था भए पनि बामदेव गौतम र विद्या भण्डारीको हकमा यो लागु नभएकोमा नेपाल असन्तुष्ट छन् ।

नेपालले ७ बुँदेमा केन्द्रीय कमिटीको निर्णय र पदाधिकारी बैठकको निर्णय उल्लङघन भएको उल्लेख गरेका छन् । अध्यक्ष ओली  अहिले पनि गुटबन्दीमा सक्रिय भएको र निरंकुश शैलीमा पार्टी चलाएको नेपालको आरोप छ ।


  •  
  •  
  •