मधेसी मोर्चामा रहेका दललाई फकाउँदै ओली

788
  •  
  •  
  •  

काठमाडौं, १९ मंसिर (ओएनएस) : सत्तासिन नेकपा एमालेले मधेसी मोर्चामा रहेका दलहरुसँग फेरि छलफल गर्दैछ । यसअघि दुई चरण छलफल गरेको एमाले मधेसी मोर्चामा रहेका दलहरुलाई आफ्नो एजेण्डामा ल्याउने प्रयत्नमा छ । बिहान ९ बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा हुने छलफलमा संविधान र सत्ता बाँडफाँडका विषयमा छलफल हुनेछ ।

यसअघिको छलफलमा मधेसी मोर्चाले तत्काल सरकारमा नजाने बताएपनि नयाँ राष्ट्रिय सरकार गठन सहित संविधानका अन्र्तबस्तुमा छलफल हुने एमालेले जनाएको छ । एमालेले कांग्रेस एमालेले सम्वाद समितिमा राखेको साझा प्रस्तावमा मधेसी मोर्चालाई ल्याउन पहल गर्नेछ । दलहरुबीच संविधानका विवाद समाधान सँगै नयाँ सरकार गठनको छलफल पनि सुरु भएको छ ।


  •  
  •  
  •