सरकारले काम गर्न नसकेको एमाले नेताको आरोप

62
  •  
  •  
  •  

दाङ, १५ भदौ (ओएनएस) : नेकपा एमालेका उपाध्यक्ष यूवराज ज्ञवालीले सरकार मन्द गतिमा चलेको भन्दै सरकारको काम गराईप्रति आलोचना गरेका छन् । सत्ता साझेदार दल एमालेका नेताहरुले पछिल्ला दिनमा सरकारको आलोचना गर्दै आएका छन् । सरकार मन्द गतिमा चल्दा राज्यका महत्वपूर्ण कामहरु प्रभावित भएको उनको आरोप छे । बाढी पीडितहरुलाई राहात र पुनस्र्थापना तथा संविधान निर्माणका लागि आगि हुनुपर्ने पहल कदमिमा ढिलाई भएकोप्रति उनले चिन्ता व्यक्त गरे ।10411994_836546099713142_3032472097621321818_n

रिपोटर्स क्लब नेपाल जिल्ला शाखा दाङले तुलसीपुरमा आयोजना गरेको सात्क्षात्कारमा एमाले उपाध्यक्ष ज्ञवालीले संबिधान निर्माणको क्यालेन्डरमा केहि तलमाथि भए पनि माघ ८ मै संविधान जारी गर्न दलहरु प्रतिबद्ध रहनुपर्ने जोड दिए । ज्ञवालीले भने, ‘मस्यौदा समितिको म उपाध्यक्ष हुँ दलहरुका बिचमा तीन सवालमा तिव्र छलफल भैरहेकाले पहिलो प्राथमिकता सहमतिमा संबिधान जारी गर्नू हो तर, त्यो संभव नभए प्रक्रियामा गएरै भए पनि संविधान जारी हुन्छ ।’

उनले सरकार गठनका बेला भएको ७ बुँदे सहमतिअनाुसार राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन हुनुपर्ने बताए । उनले सहमति कार्यान्वयप्रति कांग्रेस इमान्दार नभएको आरोपसमेत लगाए ।


  •  
  •  
  •