एमाले मधेसमा एक्लै चुनाव लड्न सक्षम छ : पोखरेल

240
  •  
  •  
  •  

pokhrel
काठमाडौं, १२ भदौ (ओएनएस) : नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले प्रदेश नम्बर २ मा नेकपा एमाले एक्लै चुनाव लड्न सक्षम भएको बताएका छन् ।

उनले नेकपा एमाले एक्लै सक्षम भएकाले कुनै दलसंग तालमेल गर्ने पक्षमा नरहेको बताए । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै नेता पोखरेलले जसले जति तालमेल गरेपनि जनता एमालेकै पक्षमा रहेको बताए ।

उनले गठबन्धनलाई जनताले मधेशमा पनि असफल पार्ने बताए । प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा बोल्दै उनले प्रधानमन्त्री देउवाले मुलुकको इतिहासमै बेज्जत गरेर राष्ट्रको शीर निहुँर्या‍एको आरोप लगाए ।

प्रधानमन्त्रीले देशको आन्तरिक मामिलामा बोलेर भारतलाई फेरि पनि हस्तक्षेपको बाटो देखाएको दावी गरे । यद्यपि, उनले एमाले भारत विरोधी नभएको प्रष्ट पारे ।


  •  
  •  
  •