स्थानीय निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन

217
  •  
  •  
  •  

काठमाडैं, ९ साउन (ओएनएस) :  नेकपा (एमाले)का नेता माधवकुमार नेपालले महाधिवेशन पश्चात अब प्रत्येक कार्यकर्ताको ध्यान पार्टीको आन्तरिक एकता, आर्थिक सम्बृद्धि र स्थानिय निकायको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

धौलागिरी, राप्ती, पेशागत क्षेत्र र कर्णालीका कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले महाधिवेशनमा भएको प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिँदै अव पार्टीको आवश्यकता र व्यक्तिको योग्यताका आधारमा जिम्मेवारी लिन र महाधिवेशनको क्रममा देखिएको विभाजनलाई मेटेर अघि बढ्न निर्देशन दिए ।

आफ्नै निवास कोटेश्वरमा शुक्रबार उनले पार्टीले आफ्नो दस्तावेजमै आर्थिक क्रान्तिको विषयलाई प्राथमिकतासाथ राखेकोले सोही अनुसारका गतिविधिहरुमा पार्टी पंक्ति समेत परिचालित हुनुपर्ने उल्लेख गर्दै उत्पादनका कार्यसँग प्रत्येक पार्टी कार्यकर्ताहरुलाई जोड्न विशेष योजनासहित अघि बढ्नुपर्ने बताए ।


  •  
  •  
  •