माधव नेपालको ध्यान संविधान निर्माणमा

71
  •  
  •  
  •  

madhav-nepal

काठमाडौं, २३ साउन (ओएनएस) :  पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल पार्टीको महाधिवेशन सकिए लगत्तै समयमै संविधान निर्माणका लागि दलहरुका बीचमा सहमति निर्माण गर्ने कार्यमा क्रियाशील भएका छन् । अध्यक्षमा केपी ओलीसँग पराजित भएपछि नेता नेपाल संविधान निर्माणमा केन्द्रित हुने भएका हुन् । महाधिवेशन सकिए यता उनी संविधान निर्माणमा दलहरुबीच सहमति जुटाउन क्रियाशिल बनेका छन् ।

उनले आन्तरिकरुपमा संविधानसभाको संवैधानिक राजनीतिक सहमति समितिमामात्र छलफल गरेर सहमति नजुटने भन्दै प्रमुख दलहरुको सँयुक्त संयन्त्र बनाइएको छ । सयन्त्रमा कांग्रेसबाट रामचन्द्र पौडेल र महेश आचार्य, एमालेबाट नेता नेपाल र विद्या भण्डारी तथा एमाओवादीबाट नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा रहेका छन् ।

यो बिचमा एमाले नेता नेपालले नेपाली कांग्रेस र एनेकपा माओवादीका नेताहरुसँग पनि पटक पटक छलफल गरेका छन् । नेकपा (एमाले) अध्यक्ष के.पी. ओली उपचार गरेर स्वदेश फर्किसकेपछि संसदमा रहेका शीर्ष नेताहरु सम्मिलित उक्त समितिको कामलाई गति दिने र समयमै संविधान निर्माण गर्न आवश्यक पहलकदमी पार्टीको तर्फबाट लिनुपर्ने विषयमा उनीहरुबीच कुराकानी भयो ।

यस बीचमा नेकपा (एमाले) र नेपाली कांग्रेस बीच एक पटक छलफल भैसकेको छ भने एमाले र एमाओवादी बीच पनि एक पटक छलफल भैसकेको छ । दिनमा एक पटक मात्र होइन आवश्यक पर्दा एकै दिनमा पटक पटक समेत छलफलमा जुटदै अगाडि बढ्ने आन्तरिक समभ्mदारी सहित अहिले वार्ता र छलफलका प्रक्रिया अगाडि बढिरहेका छन् । एमालेको बिहीबार भएको पदाधिकारीको नौपचारिक बैठकले नेपाल र भण्डारीलाई दलहरुबीच सहमति जुटाउन वार्ता गर्न जिम्मेवारी दिएको छ ।


  •  
  •  
  •