मलामी गएका एमाले नेता बुढीगंगा नदीमा बगेर बेपत्ता

147
  •  
  •  
  •  

काठमाडौं, १२ भदौ (ओएनएस) : नेकपा एमाले अछामका सल्लाहकार प्रकाश कुँवर आफन्तको मलामी गएका बेला नदीमा बगेर बेपत्ता भएका छन् ।

साँफेबगर नगरपालिका–४ स्यायी घर भएका ५२ वर्षीय कुँवर आइतबार आफन्तको मलामी गएका बेला नदीमा नुहाने क्रममा साँफे नजिकै बुढीगंगा नदीमा बगेर बेपत्ता भएका हुन् ।

बेपत्ता कुँवरको सोमबारसम्म पनि खोजी कार्य जारी रहेको साँफेस्थित सशस्त्र प्रहरी गणका प्रहरी निरीक्षक महेन्द्र कलौनीले जानकारी दिए ।

बेपत्ता कुँवरको स्थानीय बासिन्दा, साँफेबगरस्थित सशस्त्र प्रहरी बल खप्तड गुल्म र प्रहरीको सक्रियतामा खोजी कार्य भइरहेको छ ।


  •  
  •  
  •