स्वाइन फ्लुका बिरामी एमाले नेता ढकाललाई दिल्ली लगिँदै

154
  •  
  •  
  •  

Ramnath-Dhakalकाठमाडौं १६ चैत (ओएनएस) : स्वाइन फ्लुका कारण गम्भीर बिरामी परेका नेकपा एमालेका पोलिटब्युरो सदस्य रामनाथ ढकाललाई थप उपचारका लागि आज दिल्ली लगिदैछ । हिजो लैजाने तयारी गरिए पनि दिल्लीको मौसम खराब भएका कारण लैजान नसकिएको एमालेले जनाएको छ ।

शुक्रबारबाट टोखास्थित ग्रान्डी अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत ढकाललाई दिल्ली लैजान एयर एम्बुलेन्स पनि काठमाडौं आइसकेको छ। मौसम खराब भएकाले हिजो लिन नसकिएको एमालेले जनाएको छ। आज पनि मौसमका कारणले लैजान कठिन भएको छ ।

एमालेले दिल्लीस्थित एपोलो अस्पतालमा ढकालको उपचार गराउने व्यवस्था मिलाएको छ। निमोनियाको उपचार गर्न अस्पताल भर्ना भएका ढकाललाई स्वाइन फ्लु पत्ता लागेको थियो।


  •  
  •  
  •