कृष्णगोपाल माधव नेपालतिर

344
  •  
  •  
  •  

काठमाडौं १८ असार (ओएनएस) : केपी शर्मा ओलीका सबैभन्दा नजिक मध्येका नेता मानिएका कृष्णगोपाल श्रेष्ठ बरिष्ठ नेता माधवकुमार नेपाल समुहमा लागेका छन् । संविधानसभाको उप-निर्वाचनअघि ओलीको पक्षमा खुलेर लागेका नेता श्रेष्ठ चुनावसँगै नेपाल तिर लागेका थिए ।

बुधवार नेपाल समुहको भेलाबाट उनी औपचारीक रुपमा खुलेका छन् । अहिले काठमाडौको प्रज्ञाभवनमा भइरहेको भेलामा नेता श्रेष्ठ सहभागि छन् । काठमाडौं उपत्यका ईन्चार्ज र ओलीका निकट मानिएका नेता श्रेष्ठले ओलीको साथ छाड्नुलाई नेपाल समुहले अर्थपूर्ण रुपमा लिएको छ ।

भेलामा सम्वोधन गर्दै नेता श्रेष्ठले केपी शर्मा ओलीको गठबन्धन अपवित्र भएको दावी गरे । नमिलेका फरक धुव्रका व्यक्ति एक ठाउँमा जम्मा हुनु परिवत्र हुन नसक्ने उनले बताए । ‘वामदेव र सुरा सुन्दरी कविता लेख्ने ईश्वर पोखरेल, वामदेवलाई खुलामन्चबाटै भ्रष्टाचारी घोषणा गर्ने प्रदीप नेपाल जस्ताले तीनैलाई नेता बनाएका छन्’ उनले भने, एमाओवादीको खैरो खन्ने केपी माओवादीसँग मिलिरहने वामदेव एकै ठाउँमा आउनु यो के हो ?’ उनले ओलीलाई अध्यक्ष बनाउन नसकिने बताएका छन् । महाधिवेसिन पछि ओलीलाई उच्च सम्मानका साथ राखिनुपर्ने तर अध्यक्ष बनाउन नहुने उनको तर्कछ ।

 


  •  
  •  
  •